चितवनः पश्चिम चितवनमा रु २ लाख २४ हजार ५२० सहित सात जना जुवाडे पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ३ उनान्टाेल स्थित चिरञ्जीवी सडाैलाकाे घरबाट उनिहरुलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ परेका उनिहरुकाे साथबाट एक बुक तास बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । उनिहरुलाई बुधबाराति पक्राउ गरिएकाे हाे । पक्राउ परेका उनिहरुलाई जुवा ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएकाे कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !