चितवनः पालिकाहरुले खर्च बेहाेर्ने गरि डायलासिस सेवा सुरु गर्न पुरानाे मेडिकल कलेजलाई आर्ग्रह गिरएकाे छ । आज भरतपुरमा बसेको सरोकारवालाहरुको बैठकले तत्कालका लागी सम्बन्धित पालिकाहरुले खर्च ब्यहोर्ने गरि मृगौला पीडित बिरामीहरुको डायलाइसिस गर्न भरतपुरको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज ) लाई आग्रह गरेकाे हाे । गत असोज २२ गते देखि भरतपुरको पुरानो मेडिकल कलेजले अस्पतालमा उपचाररत मृगौला पीडित बिरामीहरुको डायलाइसिस नगरेको भन्दै सोमबार भरतपुरमा सरोकारवाला निकायहरुको बैठक बसेको हो । गत असोज २२ गते देखि उक्त पुरानो मेडिकल कलेजले बिपन्न नागरिक औषधि उपचार कार्यक्रम स्थगित ( मृगौला पिडित बिरामीहरुको डायलाइसिस गर्न छाडेको ) गरिएको जनाएको छ । हाल पुरानो मेडिकल कलेजमा ४३ जना डायलासिसका बिरामी उपचाररत छन । जस मध्ये २४ जना चितवनका रहेका छन भने अरु बिरामी बाहिरी जिल्लाका रहेका छन । २४ जना मध्ये १८ जना भरतपुर महानगरका, ४ जना खैरहनीका, १ जना इच्छाकामनाका र १ जना रत्ननगरका रहेका छन । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ,चितवनका सातै पालिकाका प्रमुख तथा उप प्रमुख, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण प्रसाद पौडेल, रत्ननगर अस्पताल बिकास समितिका अध्यक्ष गोपाल कर्माचार्य,प्रहरी प्रमुख लगाएतको उपस्थिति रहेको थियोे ।
बैठकमा बोल्दै स्वास्थ्य कार्यलय चितवनका प्रमुख दुर्गा दत्त चापागाईंले भरतपुरका अस्पतालले कोहि पनि अकालमा मर्न नपरोस् भन्ने चाहना अनुसार काम गर्नुपर्नेमा जोड दिनु भयो । हप्तामा ३ पटक डायलाइसिस गर्नु पर्ने बिरामीको जिन्दगी माथी खेलवाड नगर्न पनि उहाँले मेडिकल कलेजसग आग्रह गर्नु भयो ।
त्यस्तै बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जनताको ज्यान बचाउनु पहिलो प्राथमिकता रहेको धारणा राख्नु भयो । पुरानो मेडिकल कलेजले कुनै एजेन्ट सग सम्झौतामा डायलाइसिस गरेको तर उक्त एजेण्ट सगको सम्झौता नवीकरण नभएकै कारण सेवा बन्द गर्नु निकै दुख दायी भएको बताउनु भयो ।
भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले
उक्त कलेजलाई तत्कालका लागि सेवा सन्चालन गर्न आग्रह गर्ने बताउनु भयो । उप प्रमुख अधिकारीले भरतपुर महानगर भित्रका बिरामीहरुको डायलाइसिस गरे बापतको खर्च भोलि देखि नै महानगरले ब्योहोर्ने पनि जानकारी दिनु भयो । डायलाइसिसका बिरामीहरुको उपचार गर्न भरतपुर अस्पतालमा बनाउने भनिएको अस्थायी सरचनाको लागी भरतपुर महानरले ४० प्रतिशात खर्च ब्योहोर्ने छ उप प्रमुख अधिकारीले भन्नू भयो ।
भरतपुरमा मृगौला प्रत्यारोपण सेन्टर स्थापना नगरे सम्म डायलाइसिसको समस्या समाधान नहुने तर्क भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण प्रसाद पौडेलको छ । भरतपुर अस्पतालमा स्थापना गर्ने भनिएको मृगौला प्रत्यारोपण सेन्टरलाई सरकारले सुर्खेत पुर्याएकोमा उहाँले दुख समेत व्यक्त गर्नु भयो । डायलाइसिसका बिरामीको उपचार गर्न अस्थाइ सरचना बनाइदिन र बिरामीलाई बिमा गराइदिन पौडेलले स्थानीय सरकार सग माग पनि गर्नु भयो ।
डायलाइसिस स्थाइ निधान होइन,अस्थायी समाधान हो उहाँले भन्नू भयो खानपानकै कारण पछिल्लो समय डायलाइसिसका बिरामीहरु बढने गरेका छन ।
कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज ) ले २०७८ साउन १ गते देखि २०७९ साउन मसान्तसम्मको १ करोड ५५ लाख अठाइस हजार रुपैयाँ प्राप्त नगरेको तथा डायलाइसिसको लागी आबश्यक पर्ने सामान आपूर्ति गर्न आपूर्तिकर्ताहरुलाइ लामो समय देखि भुक्तानी दिन नसकेको भन्दै असोज २२ गते देखि मृगौला रोगीहरुको डायलाइसिस गर्न छाडेको हो ।





