चितवनः जिल्लामा १ हजार २६ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । यहाँका बिभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा डेंगुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार ५ हजार २८५ जनाको परिक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो । जस मध्ये ६९३ जना चितवनका रहेका छन् । २१७ जना बाहिरी जिल्लाका र ११६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भई सकेको छ ।
जिल्ला भित्र भेटिएका सङ्क्रमित मध्ये भरतपुर महानगरपालिकामा ४४९ जना, रत्ननगर नगरपालिकामा १०३ जना, खैरहनी नगरपालिकामा ६३ जनामा डेंगु सङ्क्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ । यस्तै राप्ती नगरपालिकामा ३६ जना, माडी नगरपालिकामा १९ जना, कालिका नगरपालिकामा १८ जना र इच्छाकामना गाउँपालिकामा ५ जनामा डेंगु देखिएको हो । डेंगु सङ्क्रमित मध्ये सबैभन्दा बढी पुरुष रहेका छन् । ४०६ जना पुरुष र २८७ जना महिलामा डेंगु देखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !