चितवन, ९ असोज । नेपाल फार्मेसी संघ जिल्ला शाखा चितवनले भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय फर्मासिष्ट दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरी आज प्रभातफेरी गरी दिवस समापन गरेको हो ।
संघका जिल्ला अध्यक्ष विनोद पन्तका अनुसार दिवसका अवसरमा रक्तदान, अन्तक्र्रिया लगायतका कार्यक्रम गरिएको थियो । आज आयोजित प्रभातफेरी कार्यक्रम वीरेन्द्र क्याम्पस गेटबाट शुरु भई चौबीसकोठी, अस्पतालरोड, पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल हुँदै जेष्ठ नागरिक चोकमा आएर सम्पन्न भएको हो ।





