काठमाडौं : सर्वोच्च अदालत जाने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित सरकारी निवासमै रोक लगाइएको छ।
जबरालाई सुरक्षाकर्मीले बाहिर निस्कन दिएका छैन।
उनी बाहिरिने गेटमै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
महाभियोग निष्क्रिय भइसकेपछि हाजिर हुन नदिएर सरकारले आफूलाई नजरबन्दमा राखेको अभिव्यक्ति दिएका छन्।
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गर्दै प्रतिवेदन शनिबार सभामुखलाई बुझाएको छ।
संसदको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग निष्क्रिय भएको तर्क गर्दै जबरा आज सर्वोच्च जाने तयारीमा थिए।
उनले आफू सर्वोच्च आउने र त्यसको तयार गर्न सर्वोच्च प्रशासनलाई शनिबार नै जानकारी गराएका थिए।
जबरा अदालत आउने जानकारी पाएपछि सर्वोच्च बार एसोसिएनले पनि आकस्मिक बैठक डाकेर सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
अहिले सर्वोच्च परिसर र बालुवाटार गेटमा सुरक्षा कडा पारिएको छ।






