चितवनः सामाजीक मुद्धाहरुमा आँफुलाई खरो उतार्दै आउनु भएका नेपाली काँग्रेसका नेता उत्तम जोशी यही मंसिर ४ गते हुने आम निर्बाचनमा चितवन क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सभा उम्मेदवार दाबी गर्नुभएको छ । समाजमा हुने बिकृतिका बिरुद्ध आँफुलाई उभ्याउँदै आउनु भएका जोशी नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा आँफुलाई जिल्ला सभापतिको रुपमा उभ्याउनु भएको थियो ।
जिल्लामा हुने गरेका बिकास निर्माण देखि सामाजिक काममा आँफुलाई अग्र पंङ्तिमा उभ्याउन सफल बन्नुभएका जोशी युवा पङ्गितमा निकै चर्चामा रहेको नाम हो । शालीन, सादगी, मृदुभाषी र सबै बीचमा लोकप्रिय नेताको रुपमा परिचित जोशीले प्रदेश सभामा आँफुलाई दाबी गर्दै गर्दा जनताको काममा पनि उत्तिकै चासो दिदै आउनुभएको छ । स्थानीय सरकारले गरेका बिकास निर्माण र अन्य कामहरुमा चासोको रुपमा हेर्दै आउनु भएका जोशी भरतपुर महानगरपालिका वडा नम्बर १० निबासी हुनुहुन्छ । सभापतिका उम्मेदवारी दिएका नेताहरु पार्टीको महत्वपुर्ण पदमा रहेकोले पनि आफूले आगामी निर्वाचनका लागि अवसर पाउनु पर्ने उहाँको तर्क छ । चितवनको माटोमा उत्तिकै भिजेको र पार्टीमा गरेको योगदानका आधारमा पनि आँफुले पार्टीबाट टिकट दिने कुरामा विश्वस्त रहेको उहाँको भनाई छ । आफू कांँग्रेसजन र नागरिक माझ लोकप्रियको साथै हालसम्म पार्टीको तर्फबाट कुनै आधिकारिक जिम्मेवारी नपाएकोले पनि उहाँले आफूले प्रदेश निर्वाचनमा आफूले यस पटक पार्टीले न्याय पाउने कुरामा विश्वस्त हुनुहुन्छ ।
उहाँले पार्टीले टिकट र जिम्मेवारी दिएको खण्डमा क्षेत्र नम्बर २ मा लोकप्रिय मतका साथ चुनाव जित्ने दाबी गर्छन । आफू अहिले पार्टीका शिर्षस्थ नेताको भेटघाटको क्रममा काठमाडौं रहेको र चुनावको तयारीको क्रममा रहेको उहाँले बताउनुभयो । म पार्टीले टिकट दिए चुनाव लड्छु उहाँले भन्नुभयो “प्रदेशमा या अन्य कुनै क्षेत्रमा दिएपनि म चुनाव लड्न तयार छु ।” २०४८ सालदेखि नै ने. बि. संघको राजनैतिक जीवनमा होमिएका जोशी ने. बि. संघको ईतिहासमा बाल कुमारी कलेजको सभापति, चितवन जिल्ला सभापति र केन्द्रीय सदस्यसम्म बन्नुभएको छ । त्यस्तै नेपाली काङ्ग्रेसको पार्टीको वडा तहको सभापतिदेखि क्रमशः जिल्ला सचिब हुँदै हालै सम्पन्न १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै चितवन जिल्ला सभापतिको प्रत्यासी उमेदवारको रुपमा आफूलाई उभ्याईसक्नुभएको छ ।
यसको साथसाथै उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै टोल सुधार समितिको अध्यक्षदेखि लिएर २००६ मा नेपाल जेसिसको भरतपुर शाखा अध्यक्ष, २०११ मा राष्टि्य उपाध्यक्ष लगायत नेपाल रेडक्रस सोसाइटी भरतपुर शाखा सदस्य, क्षयरोग निवारण संघ आजीवन सदस्य, क्यान्सर समाजमा आजिवन सदस्य समेत रही काम गरीसक्नुभएको छ ।
त्यस्तै समाज सुधारतर्फ कोरोनाकालमा भएको भरतपुर महानगर पालिकामा भएको भ्रस्ट्रचारको बिरोध गर्ने, स्थानीय तथा प्रदेश सरकारबाट भएका अनावश्यक कर वृद्धिको बिरोध अभियानहरू सञ्चालन गर्दै आउनुभएको छ ।






