काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रुसलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रुसलाई बधाई दिनुभएको हो । प्रधानमन्त्री देउवाले आफूले कन्जरभेटिभ पार्टीले बनाउने प्रधानमन्त्रीसँग दीर्घकालीन रुपमा सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । देउवाले भन्नुभयो “नेपाल र बेलायतको सुमधुर सम्बन्ध दीर्घकालसम्‍म कायम राख्‍नको लागि म बेलायत प्रधामन्त्री ट्रुससँग सहकार्य गर्न तत्पर छु।

प्रतिक्रिया दिनुहोस !