चितवनः पहिरो खसेर अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ८ वजे सडक खण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अबरुद्ध भएको सडक बिहान ११ः४५ वजे पछि सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितका अनुसार दुबै ठाउँमा लेदो सहितको पहिरो खसेको थियो । पहिरो पन्छाए संगै सडक सञ्चालनमा आएको हो । पहिरोका कारण रोकीएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।






