चितवनः सुनौलो परिवार नेपालद्धारा सञ्चालीत मेरी स्टोप्स्ले महिला स्वास्थ्यका लागि थप सेवा सुरु गरेको छ । स्टोप्स्ले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी थप सेवा सञ्चालन गरेको जनाएको हो ।
बाँझोपन सम्बन्धि सेवा, महिनावारीको समयमा आउन सक्ने समस्या सम्बन्धी सेवा, महिनावारी रोकिने बेलामा हुन सक्ने समस्या सम्बन्धी सेवा थप गर्रिको स्टाप्स् नारायणगढका व्यवस्थापक हेमराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार यी सेवाहरु सन् २०२२ जुन १ देखि सुरु गरिएको हो । बाँझोपन समस्या रहेका जो कोहीलाई पनि सहज रुपमा सेवा दिने गरि काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । संस्थाले यस भन्दा अघि परिवार नियोजन सम्बन्धी सेवा, सुरक्षित गर्भपतको सेवा, गर्भपरिक्षण तथा गर्भबती आमाको जाँच, यौन तथा स्त्रीरोगको जाँच तथा उपचार गर्दै आएको छ । यस्तै पाठेघरको मुखको क्यान्सरको जाँच तथा उपचार, प्रयोगशाला सेवा, फार्मेसी सेवा, बहिरंग सेवा, भिडियो एक्सरे सेवा । परिवार नियोजन तालिम समेत चलाउँदै आएको छ ।
गिरीका अनुसार यस संस्थामा गर्भपतन गराउन आउनेको संख्या महिनाको एक सय हाराहारी हुने गरेका छन् । २५ वर्ष अघि संञ्चालनम आएको यस संस्थाले सुरुवाती समयमा मासीक ५ सय जनाले गर्भपतन गराउने गरेको गरेको भए पनि अहिले यो संख्या घट्दै आएको उहाँले जानकारी दिनुभयो । अहिले औषधिको प्रयोग वढ्दो क्रममा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । गर्भपतन गराउन आउनेमा १६ वर्ष माथिका उमेरको रहका छन् । १६ वर्ष देखि २० वर्ष उमेर समुहका ५ प्रतिशतले यो संस्थाबाट गर्भपतन गराएका छन् । ग्रामिड क्षेत्रमा भन्दा अहिले सहरी क्षेत्रमा परिवार नियोजनका साधनहरुको प्रयोग कम हुने गरेको पाईएको गिरीको भनाई थियो । शिक्षित समुदायमा कम अस्थायी साधन प्रयोग हुने गरेको भन्दै उहाँले अहिले यस संस्थामा लागुऔषध प्रयोगकर्ताहरु समेत गर्भपतनका लागि आउन थालेको बताउनुभयो । यस संस्थामा गोरखा, कास्की, अर्घाखाँची लगाएतका जिल्लाबाट समेत सेवा लिन आउने गरेको कार्यालयले जनाएको छ ।





