चितवनः जिल्लामा रहेका ५ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका शिलशिलमा बिदेश गएर उतैको नागरिक भएका उनीहरुले नेपालको नागरिकता परित्याग गरेका हुन ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टिकाराम वाग्लेका अनुसार यस्ता नागरिकहरुले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र बिदेशमा रहेको समयमा दुताबास मार्फत नागरिकता परित्यागको प्रकृया गर्ने गरेका छन् । यसरी परित्याग गर्नेमा दुताबासबाट परर्राष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढि छन् ।
उहाँका अनुसार यस जिल्लाबाट सोही समयमा ६ जनाको नागरिकता रद्ध गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाईएमा त्यस्ता नागरिकताहरु रद्ध गर्ने गरिन्छ । वाग्लेका अनुसार झुठ्ठा बिबरण पेश गरी दुईवटा नागरिकता लिएको, अन्य जिल्लाबाट समेत नागरिकता लिएको पाईएमा त्यस्ता नागरिकता रद्ध गरिने गरिन्छ । सोही क्रममा जिल्लाबाट ६ जनाको नागरिकता रद्ध गरिएको हो ।
यस्तै गत अर्थिक वर्षमा १८ हजार ३९७ जनाले बंशजको आधारमा नागरिकता लिएका छन् । अंगिकृत नागरिकता लिने ८ जना रहेको कार्यालयका सूचना अधिकारी आनन्दबंश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अंगिकृत नागरिकता लिनेहरु आमा बुबा समेत अंगिकृत नागरिकता लिएकाहरुको परिवार रहेका छन् । १५ वर्ष नेपालमा बसोबास गरेका, नेपाली भाषा बोल्न र लेख्न जान्नेलाई यो नागरिकता दिने गरेको भए पनि गत वर्ष अंगिकृत नागरिकता पाएका परिवार बाहेक अन्यले पाएका छैनन् ।
न्यौपानेका अनुसार कार्यालयबाट ४३ जनाले बैंबाहिक अंगिकृत नागरिकता लिएका छन् । नेपाली पुरुष संग बिबाह गरेर आएका बिदेशी महिलाहरुले यो नागरिकता लिने गरेका हुन । जिल्लामा गत आर्थिक वर्षमा १२ हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका थिए । २५ हजार ४८८५ जनाले राष्ट्रिय परिचय पत्रका लागि फारम भरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !