चितवनः जिल्लामा रहेकाे भरतपुर अस्पतालमा आबश्यक भन्दा १ हजार १ सय ३४ जना वढिले आबेदन दिएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पाैडेलका अनुसार अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीहरु गरि ४७ जनाकाे आवेदन माग गरिएकाेमा १ हजार १ सय ८१ जनाले आवेदन भरेका छन् ।
अस्पताल बिकास समितिकाे निर्णय पछि अस्पतालले साउन ८ गते सुचना जरी गरेकाे थियाे । अस्पतालले २४ जना नर्स, १३ जना चिकत्सक, ५ जना ल्याब टेक्निसियन र ५ जना फार्मेसिस्ट माग गरेकाे थियाे । अस्पतालका अनुसार स्टाफ नर्सका लािग ९०१ जना, चिकित्सकका लागि ५५ जना, ल्याब टेक्निसयनका लािग १३४ जना र फार्मेसिस्टका लािग ९१ जनाले आवेदन दिएकाे उहाँले बताउनुभयाे ।
नेपालमा बढ्दाे वेराेजगारी, सरकारी सेवामा आकर्षण र नीजि सेवामा बिकर्षणका कारण भरतपुर अस्पतालमा आकर्षण बढेकाे उहाँकाे भनाई छ । उहाँले भन्नुभयाे “चिकित्क, स्वास्थ्य कर्मीमा सुगम स्थानमा बस्ने माेहका कारणले पनि आबेदन वढेकाे हुन सक्छ ।”





