चितवनः मनसुन सुरु भए संगै जिल्लामा हुने बिपत तयारीका लागि जिल्लाका सर्बै निकायहरु तयारी अबस्थामा रहेका छन् । यसै सन्दर्भमा स्वास्थ्य कार्यालय चितवनले विपतको समयमा हुन सक्ने महामारी नियन्त्रणका लागि योजनाको तयारी गरेको छ ।
कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले मनसुन जन्य विपत पूर्ब तयारी योजना निर्माणको कार्य सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “योजना निर्माणको चरणमा रहेको छ । यसलाई छिट्टै जिल्ला विपत व्यवस्थापन समितिबाट स्विकृत गरेर अघि वढाउने तयारीमा छौं ।” बर्षातको समयमा हुन सक्ने महामारी नियन्त्रणका लागि बिभिन्न तयारीमा जुटेको उहाँले बताउनुभयो ।
बर्षातको समयमा किट जन्य रोग, खानपान जन्य रोगहरुको बढि जोखिम हुने उहाँले जानकारी दिनुभयो । महामारीको समयमा किटजन्य रोहरु भन्नाले डेंङ्गु, स्क्रब टाईफस, मलेरीया, कालाजार जस्ता रोगहरु पर्ने गर्दछन् । खानपान जन्य रोग भन्नाले झाडापखाला, जन्डीस, टाईफाइट, छालाका रोगहरु फैलन सक्न भएकाले कार्यालयले यसको नियन्त्रणका लागि योजना निर्माणको काम सुरु गरेको हो ।
मनसुन जन्य बिपतको समयमा महामारीको रुपमा फैलन सक्ने रोग नियन्त्रणका लागि कुन क्षेत्रमा कुन रोग फैलन सक्छ भन्ने अनुमान सहित काम योजना तयार गर्न लागिएको उहाँको भनाई छ । उहाँल भन्नुभयो “जिल्लाको मुख्य शहरी क्षेत्रमा डेंङ्गु, कृर्षि जन्य जग्गा भएका क्षेत्रमा लेप्टोस्प्राइरोसी र स्क्रब टाईफस, पहाडी क्षेत्रमा झाडापखाला जस्ता रोग फैलन सक्छ ।” यही अनुमानका साथ योजना निर्माणको काम भईरहेको उहाँले बताउनुभयो ।
डेंङ्गु ः
सहरी क्षेत्रमा हुने बढि जनघनत्व भएको ठाउँमा हुने गर्दछ । वर्षातको समयमा खाल्डाखुल्डीमा पानी जम्ने, गाडीको ग्यारेजहरु धेरै भएको ठाउँमा यो रोग फैलन सक्ने खतार बढि हुन्छ । यसका लागि भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्र, रत्ननगर, खैरहनी, राप्ती लगाएतका पालिकाहरुको शहरी क्षेत्र बढि प्रभावित हुने गरेको चापागाईले जानकारी दिनुभयो । डेंगुरोग लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले लामखुट्टेको टोकाईबाट बच्नु पर्ने उहाँले बताउनुभयो ।
डेङ्गु रोगको परिक्षणका लागि अहिले किट २ सय भण्डारण गरिएको छ । यसले मात्रै नपुग्ने भन्दै थप एक हजार किट मगाईएको उहाँले जानकारी दिनुभयो ।
लेप्टोस्प्राइरोसी र स्क्रव टाईफस
यो रोग बिशेष गरी कृषि व्यवसाय गरीएको क्षेत्रमा बढि देखिने गरेको छ । बिशेष गरी झाडी हुने ठाउँमा यो रोग लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । चापागाईका अनुसार कृषि व्यवसाय गर्ने क्षेत्रमा बढि हुने गर्दछ । किर्ना टोकाइबाट सर्ने रोग भएकाले किर्नाको टोकाइबाट बच्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।
झाडापखलाः
यो रोग बिशेष गरी खानपान र पिउने पानीका कारण हुने गर्दछ । पहाडी क्षेत्रमा बढि मात्रामा खानपानका कारण बर्षातमा माहारी हुने गरेको छ । चापागाईका अनुसार पहाडी क्षेत्रमा पिउने पानीको भर खाुलाको मुहना हुने हुँदा बढि मात्रामा झाडापखला हुने गरेको हो । मुहान दुषित हुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । खानपान र आहार बिहारमा ध्यान राख्न सकेमा मात्रै पनि झाडापखलाबाट बाँच्न सकीने उहाँले बताउनुभयो ।
आबश्यक तयारी
मनसुनका जन्य विपतका पूर्ब तयारीका लागि जिल्लाका सातै पालिकामा रहेको स्वास्थ्य शाखाहरुलाई तयारी अबस्थामा रहन अनुरोध गरिएको छ । पूर्ब तयारी स्वरुप सात पालिकामा रहेका ¥यापिट रेस्पोन्स टिमलाई तयारी अबस्थामा रही त्यहाँको बस्तुस्थिति बारे जानकारी लिएर जिल्लामा गराउन अनुरोध गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “महामारी फैलन नदिनका लागि अत्याबश्क आधारभूत औषधिहरु तयारी अबस्थामा राखिएको छ । बिपत र प्रकोपका समयमा अन्य रोगहरु समेत फैलन सक्ने भएकाले थप औषधिहरु बफर स्टक (परिहाल्यो भने खर्च गर्ने गरी) राखिएको छ । जिल्लामा रहेको कोभिड केस इन्भेष्टिकेसन तथा कन्ट्याक ट्रेसिन टिमलाई समेत परिचालन गर्ने योजनामा कार्यालय रहेको छ ।
सात पालिकामा रहेको यो टिमले सरुवा रोगको अबस्था र फैलने अबस्थाको बारेमा अध्ययन गरी जानकारी गराउने छ । यस टिमले क्षयरोग, मलेरीया, टाईफाईट, डेङ्गु, स्क्रब टाईफस, लेप्टोस्प्राइरोसी , कोरोना जस्ता रोगको बारेमा अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोरोनाको समयमा तयार पारिएको सो टिमलाई अहिले पनि परिचालन गर्ने योजनामा हामी रहेका छौ ।”
महामारीबाट बच्ने उपाए
मनसुन जन्य विपतबाट बच्नका लागि आम सर्बसाधारणले नियमीत रुपमा पानी उमालेर खानु पर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्ने, सौचालयको प्रयोग गर्नुपर्ने पानी जम्ने खाल्डा खुल्डी पुर्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, बासी सढेगलेको खानेकुरा खान नहुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !