काठमाडौं: सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना चिकित्सक र ४६ जना स्टाफ नर्सको माग गरेको हो ।
साउन १३ गतेदेखि भदौ १२ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। दरखास्त सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखा हलचोकमा बुझाउनुपर्ने हुन्छ। सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) का लागि कम्तिमा एमबिबिएस उत्तीर्ण गरेको हुनुपर्छ भने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्छ।





