चितवनः पूर्बी चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट एक जना घाईते भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर ८ वागमारा सामुदायीक वनमा न्यूरो टिप्न गएका स्थानीय ३१ वर्षिय कुन्दन लामा आज बिहान १० वजे गैंडाले आक्रमण गरेको हो ।
आक्रमणबाट घाईते लामोको चितवन मेडीकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको अबस्था मध्यम रहेको छ ।






