चितवन: नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र भरतपुरका कर्मचारीले समाचार संकलनका लागि गएका प्रेस चाैतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यमाथी कुटपिट तथा हातपात गरेका छन् । नारायणी अनलाइनका पत्रकार आचार्य माथि समाचार संकलनका क्रममा  मादक पदार्थ सेवन गरेर वसेका कर्मचारीहरुले आचार्य माथि कुटपिट गरेका हुन ।
कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर बसेकाे भन्ने सूचना  पाएर त्यहाँ पगेका आचार्य लाई समाचार प्रयाेजनका लागि तस्विर खिच्ने क्रममा  कर्मचारीहरुले कुटपिट गरेका हुन । कर्मचारीकाे आक्रमणबाट बच्नका लागि बिधुत कार्यालयकाे पर्खाल नाघेर ज्यान बचाउन सफल हुनु भएकाे हाे । आचार्यलाई कर्मचारीहरुले नजिकै रहेकाे चितवनपाेष्टकाे कमर्यालय सम्म लखेटेकाे पिडितले बताउनुभयाे । उहाँले भन्नूभयाे “चितवन पाेष्टमा लुकेर ज्यान वचाउन सफल भए ।”
आचार्यकाे शरिरमा चिथारेकाे र कुटपिट गरेकाे डाम र लगाएकाे कपडा च्यातिएकाे अबस्थामा रहेकाे पत्रकार राजु चाैधरीले जानकारी दिनुभयाे । चाैधरीका अनुसार अहिले घटना स्थलमा प्रहरी,पत्रकार र बिधुत प्रधिकरणका कर्मचारीहरु द्वारा सिसि टिभि फुटेज हेर्ने क्रम  जारी रहेकाे छ । घटनाकाे बिषयलाई लिएर पत्रकार सम्बध संघ संस्थाहरुले बिराेध जनाएका छन् । नेपाल प्रेस युनियन चितवनले घटनाका दाेशिलाई तत्काल कारबाही गर्न माग गरेकाे छ । अध्यक्ष अनिल ढकालले दाेशिलाई कारवाही गर्दै स्वतन्त्र प्रेसकाे मर्यादा राख्न आग्रह गर्नु भयाे । उहाँले भन्नुभयाे “पत्रकार माथि कर्मचमरीले मादक पदार्थ सेवन गरेर गरिएकाे याे घटना पत्रकारीता माथिकाे आक्रमण हाे । दाेशीलाई कारवाही गरि कानुनी राज्यकाे प्रत्याभूत गराउनु पर्छ ।”
यस्ता घटना राज्यपक्षबाट नराेक्किय चरणवद्व आन्दाेलन गर्ने उहाँले चेतावनी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस !