चितवनः संघिय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबैलाई सचेत रहन अनुरोध गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै नेपालमा कोभिड १९ को संक्रमण बढ्न थालेको र चितवनमा समेत यसको प्रभाव देखिखएको भन्दै सबैलाई सजग रहन अनुरोध गरेको हो ।
अस्पतालका प्रबक्ता डा. गोविन्द कंडेलद्धारा एक सूचना जारी गर्दै अहिले अस्पतालमा एक जना कोभिड १९ संक्रमित बिरामीको उपचार भईरहेको र अन्य बिरामीहरु समेत सम्पर्कमा रहेकाले सबैलाई सजग रहन अनुरोध गरिएको छ । अस्पतालले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्य मापदण्डको सहि तरिकाले पालना गर्न सबैमा अनुरोध गरेको छ । माक्स लगाउने, साबुनपानीले हात धुने, दुई मिटरको दुरी कायम गर्ने, भिडभाडमा नजाने जस्ता उपायको अवलम्बन गरी कोभिड महामारीबाट बच्न अस्पतालले सबैमा अनुरोध गरेको छ ।





