कृषि तथा वन विज्ञान बिश्वबिद्यालय र इसीमोड बिच सम्झौता
चितवन: कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसीमोड) का विच द्धिपक्षीय सम्झौता भएको छ । अनुसन्धान, ज्ञान सृजना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवर्धन र जलवायु मैत्री तरिकाहरुबाट नेपालको पर्वतीय क्षेत्रहरुमा कृषि, वन र वातावरण क्षेत्रमा सहयोग गर्न सम्झौता गरिएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी र इसीमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । द्धिपक्षीय सम्झौता वाट दुई संस्थाहरु विच अध्ययन, सहकार्यमा तयार गरिने अनुसन्धान प्रस्तावना, शिक्षक एंव विद्यार्थीहरुको क्षमता वृद्धि र अन्य शैक्षीक कार्यहरु संचालन गर्न सकिने संभावना रहेको विश्वविद्यालयका योजना निर्देशक डा. शिव चन्द्र ढकालले बताउनु भयो ।
यस सहकार्यबाट सहभागीता मुलक अनुसन्धान र प्रसारका कृयाकलापहरुलाई लागु गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्र्तगतको अनुसन्धान एंव प्रसार निर्देशनालयलाई जिम्मेवार निर्देशनालयको रुपमा तोकिएको छ । विश्वविद्यालयका अनुसन्धान एंव प्रसार निर्देशक प्रा. डा.अर्जुन कुमार श्रेष्ठका अनुसार इसिमोडवाट कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा लागु हुन लागेको व्रेस–ग्रेप परियोजनाको अनुसन्धान मुलक कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्राविधीक सहयोग, साझेदारीमा अनुसंधान, तालिम, प्रसार, गोष्ठी आदि कार्यमा नेतृत्वदायी भुमीकामा सहयोग गरिने छ ।





