चितवनः स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ बर्षिय बिनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ४ अनुपम चोक स्थित डेरिचोकबाट यज्ञपुरी चोक तर्फ आउँदै गरेको ना १ क ३५९६ नम्बरको होलिभिजन पब्लिक स्कुलको बसले आन्नदपुर तर्फ आउँदै गरेको ना ३३ प ३६६६ नम्बरको मोटरसाईकललाई आज बिहान ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकल पछाडि सवार घाईते थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाईकल चालक बाग्लुङको हरिया गाउँपालिका निबासी ३४ बर्षिय आयुस बोहोरा गम्भिर घईते हुनु भएको छ । उहाँको सोही अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।





