चितवनः पूर्बी चितवनको रत्ननगरमा जन्ति बोकेको बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । पूर्ब पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर २ सव्जिमंडीमा हरिहर मन्दीरबाट जन्ति लिई खैरहनी तर्फ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस अनियन्त्रीत भई दुर्घटना भएको हो ।
बसमा चालक सहित २६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार बसमा सवार मध्ये १३ जना घाईते भएको र उनीहरुको स्थानीय अस्पताल तथा भरतपुरका अस्पतालमा उपचारका लागि ल्याईएको छ । थप बिबरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !