चितवन: जिल्लाकाे छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा परि ११ जना घाईते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटारमा स्कारपियाे र बस एक अापसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुिरनटारमा मुग्लिङबाट काठमाण्डौं तर्फ जादै गरेको ना ५ ख-६६४१ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको प्र.३-०१-०२२च०३९५ नम्बकाे स्कारपियो आज बिहान एक आपसमा ठक्कर खाएकाे थियाे । दुर्घटनामा परि घाइते हुने मध्य तीन जनाकाे अबस्था मध्यम र तीन जनाकाे सामान्य अबस्था रहेकाे छ ।उनिहरुलाइ उपचारका लागि काठमाडौं पठाइएकाे कार्यालयले जनाएकाे छ ।
यसै बिच मुग्लिङबाट काठमाण्डौं तर्फ जादै गरेको ना ६ ख-१२१८ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउदै गरेको बा १ ज ११९ नम्बरको ट्याक्सी एक आपसमा ठक्कर खाँदा ट्याक्सी चालक सहित ट्याक्सिमा सवार ५ जाना घाईते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत ईच्याकामना गाउँपालिका वडा नम्बर ३ चुम्लिङटारमा भएकाे दुर्घटनामा परि दुई जनाकाे अबस्था मध्य र तीन जनाकाे अबस्था सामान्य रहेकाे छ । उनिहरुकाे उपचारका लागि काठमाडौं पठाइएको छ । दुर्घटनामा परेका सबै सवारि साधन ईलाका प्रहरी कार्यालयमा रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।





