चितवनः गृहमन्त्री बालकृष्ण खाँडले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली काङ्ग्रेसका नेता जगन्नथ पौडेल, उहाँका प्रस्ताबक र समर्थकलाई आज भेट गर्नु भएको छ । भेटका क्रममा मन्त्री खाँडले उम्मेदवारी फिर्ता लिएर गठवन्धनलाई सघाउन आग्रह गर्नु भएको छ ।
पौडल संगको भेट पछि पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री खाँडले स्वतन्त्र उम्मेदवारी दिनु भएका पौडेलले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न मदत गर्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “पार्टीले बिषेश परिस्थितिमा गठवन्धन गरेको छ । पार्टीले गरेको निर्णयलाई हामी सबैले अघि वढाउँ कार्यान्वयन गराउँ भन्नेनै हामीले बिशेष आग्रह गरेका छौ ।” निर्वाचनको समयमा पार्टीले आधिकारीक उम्मेदवार दिने भन्दै उहाँले काङ्ग्रेस सधै लोकतन्त्रका लागि प्रतिवद्द रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “अहिले असहज परिस्थिति छ । यो असहज परिस्थितिबाट कसरी अगाढी बढ्ने भन्ने बिषयमा छलफल भयो ।” पौडेललाई भेट्नु अघि प्रस्ताबक मिना खरेल र समर्थक कृष्णलाल सापाकोटसंग पनि गृहमन्त्री खाँडले भेटबार्ता गर्नु भएको थियो ।
गृहमन्त्री संगको भेट पछि प्रतिकृया दिदै नेता पौडेलले आफु आफ्नो उम्मेदवारीबाट फिर्ता नहुने ठाउँमा पुगेको जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो “गृहमन्त्री ज्यूलाई मैले यो चिवतन जिल्लाका साथीहरुको मान म¥र्यादा र उहाँहरुको भबिश्यसंग जोडिएको बिषय छ । यो मैले एक्लै निर्णय गर्ने होईन त्यसो हुनाले मलाई गाह्रो छ भने ।”
छलफलका क्रममा गृह मन्त्री बालकृष्ण खाँड, राज्यमन्त्री उमेश श्रेष्ठ, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, जिल्ला उपसभापति राजिब न्यौपाने सहभागी हुनु भएको थियो ।





