चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको समयमा गठवन्धन भित्र छलफल हुनु स्वभाबिक रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले गठवन्धनमा महानगरको नेतृत्वको बिषमा छलफल भईरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो “केही समस्या हुँदैन टुङ्गिन्छ । आराम संग टुङ्गिन्छ ।” स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठवन्धन भित्र छलफल भए पनि अन्तिम सम्ममा टुङ्गो लाग्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “आज बेलुका सम्म सिफारीस गर्ने भनिएको छ । हामी सम्भबत भोली सम्मा एउटा टुङ्गोमा पुग्छौ ।”निर्वाचनको समयमा एउटै पार्टी भित्र समेत बिबाद, बहश हुने भन्दै उहाँले लास्टमा टुङ्गिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !