चितवःपूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ बैरीनि चोकमा ट्रक र ट्याङ्कर एक आपसमा ठक्कर खाँदा पाँच जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ११ः२५ बजे बिरगंञ्जबाट टाँडी तर्फ आउदै गरेको लु १ ख ६४१८ नम्बरको डिजोल बोकेर आउँदै गरेको ट्याङ्कर र बिपरित दिशाबाट जाँदै गरेको ना १ ख ३४३२ नम्बरको ट्रक एक आबसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा परि पाँच जना घाईते भएका छन् घाईते मध्य एक जनाको अबस्था गम्भिर रहेको छ भने अन्यको अबस्था मध्यम रहेको कार्यालयले जनाएको छ । घाईते सबैको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !