चितवनः नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले ल्याएको प्रस्ताबको बिपक्षमा मतदान गर्नेहरु संग सरकारमा संगै बस्न नसकीने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले एउटै सरकारमा बसेर सरकारको प्रस्ताबको बिपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारीक हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारमा बसेर सरकारको प्रस्ताबको खिलापमा मतदान गरि सकेपछि हामी यो बिषयका सन्दर्भमा फरक ठाउँमा मतदान गछौं । तर संगै जान्छौ भन्ने कुरा अनैतिक र अराजनैतिक बिषय हुन्छ ।” उहाँले थप्नुभयो “कि यसको पक्षमा मतदान गरेर संगै बसौ । फरक फरक ठाउँमा मतदान गर्ने भए संगै बस्न सकिदैन ।” व्यवहारीक हिसाबले पनि गठवन्धन गठवन्धन भन्छौ भन्दै उहाँले भन्नुभयो “गठवन्धनमा बसेको माओवादी र समाजबादीले सरकारको बिरोधमा मतदान गर्ने भए हामी राष्ट्रघाती दलाल । दलाल संग संगै बस्न कसरी मल्यो ? छुन पनि मिलेन । संगै कसरी वस्ने हो ।”उहाँले थप्नुभयो “हाम्रो नजरमा उहाँहरु दोहोरो चरित्र भएको, राष्ट्रिय हितका सन्र्दभमा चरम असम्बेदनशिल र नेपालको सन्तुलीत परराष्ट्र नीतिलाई अघि वढाउने कुरामा चरम अयोज्ञ बन्नुहुन्छ ।” आफैले गरेका निर्णयको पक्षमा उभिन नसक्ने भए भिन्न भिन्न परिचय बोकेर संगै बस्ने अबस्था बन्न नसक्ने उहाँको भनाई थियो ।
हरेक नेताहरु सरकारमा रहेको समयमा एमसीसीको बिषयमा बिभिन्न किसिमका प्रकृया अघि वढेको स्मरण गर्दै उहाँले छलफल पछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने बिश्वास व्यक्त गर्नुभयो । नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताब हुबहु सदनमा ल्याईएको भन्दै उहाँले नेताहरुले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले बिरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गर्नुभयो ।
एमसीसीको पक्षमा बोल्नका लागि काँग्रेसले पार्टी पंतिलाई प्रशिक्षित गर्ने उहाँले बताउनुभयो । पार्टीका साथीहरुको माध्यमबाट जनताको घरघरमा पुग्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “यो सम्झौताको पक्षमा नेपाली काङ्ग्रेस किन उभियो भन्नेकुरा हामी गएर भन्छौ ।”काङ्ग्रेस सिगो पार्टी एमसीसीको पक्षमा रहेको उहाँले बताउनुभयो । काङ्ग्रेसलाई अहिलेको भ्रम तोडीने र बास्तबिकता जनतालाई थाहा हुने बिश्वास रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !