काठमाडौँः पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक सुदीप गिरीले भन्नुभयो “उनीहरूबारे अनुसन्धान गर्दै छौँ । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।






