भरतपुर,: स्वास्थ्य कार्यालय चितवनले निरन्तर खोप लगाउने अभियान चलाइरहेको छ । यही भदौ १५ गतेदेखि १८ गतेसम्म चितवनका सबै पालिकाका विभिन्न लक्षित समूहलाई खोप लगाउने भएको छ ।

भरतपुर महानगरमा भदौ १५ देखि १८ गतेसम्म खोप लगाइनेछ भने अन्य पालिकामा भदौ १५ देखि १७ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

उनका अनुसार अबको चार दिन चिकित्सा क्षेत्र तथा प्राविधिकतर्फका विद्यार्थीहरुलाई खोप लगाइनेछ । यसबाहेक उद्योग संघमा आबद्ध कर्मचारी तथा मजदुरहरु, अटोमेकानिकल व्यवसायीसँग आबद्ध मजदुरहरु, पर्यटनमा आबद्ध होटल व्यवसायी तथा कर्मचारीहरुलाई खोप उपलब्ध गराइनेछ । भदौ १५ देखि १८ गतेसम्म चितवनका सबै पालिकामा लगाइने खोपको लक्षित समूह एकै किसिमका छन् ।

प्रतिक्रिया दिनुहोस !