रत्ननगरः ब​कुल​ह​र​ र​त्न​न​ग​र अस्प​ताल​ र​ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच चिकित्सा विधाका बिबिध संकायमा अध्य​य​न​ अध्याप​न ग​राउने स​म्ब​न्ध​मा सहमति भएको छ । सहमतिसँगथै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच शुक्रबार हस्ताक्षर भएको छ । सम्झौता पत्रमा प्रष्ठिानका तर्फबाट उपकुलपति डा विश्वराज जोशी र रेक्टर डा सतिश देव तथा अस्पतालका तर्फबाट अध्यक्ष गोपाल कर्माचार्य र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले शुक्रबार हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार प्रदेश सरकार मातहतमा रहेको ५० बेड क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठानमार्फत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने उल्लेख छ ।

मेसु डा। बगालेका अनुसार अर्को वर्षबाटै एमडीजीपीका कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने दुई वर्षमा बीएन, बीएस्सी नर्सिङ, बीएमएलटी कार्यक्रम सञ्चालन गर्न सकिने छ । डा. बगालेले भन्नुभयो “हामी २–३ महिनामै १०० बेड क्षमतामा जान्छौं, सबै तयारी पूरा भएको छ” उहाँका अनुसार अस्पतालमा केही महिनामै आईसीयू, पीआईसीयू र एनआईसीयू सञ्चालनमा आउँदैछ । १० बेडको आईसीयू, ५ बेडको एनआईसीयू, १० बेडको पोष्टअप, २ वटा मोडुलर अप्रेशन कक्ष, केही क्याबिन र प्रसूति कक्ष थप्ने काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँको स्वास्थ्य सेवाको गुणस्तरमा समेत थप बृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !