चितवनः निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफा खोलामा आएको वाढीका कारण राप्तीका १ सय ५० घरधुरी बिस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नम्बर ७ र ८ को भवानिपुर, शुन्दरवस्ति र खुरखुरे लगाएका क्षेत्रमा बस्तिमा खोला पस्दा ती परिवार बिस्थिपित भएका हुन् ।
वाढीको जोखिममा रहेका उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँ रहेका ४ सय जनालाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै बुढी राप्तीमा आएको बाढीले डुवान गर्दा २० परिवार बिस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर ८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।






