चितवनः शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था वन्द नगरेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मंगलबार हुने दिक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आउनु भएका श्रेष्ठले सरकार जनताको स्वास्थ्य प्रति सम्बेदनशिल रहेको बताउनुभयो ।
परिक्षा समेत रोकीएको भन्दै उहाँले भर्चुअल माध्यमबाट शिक्षण बिधिलाई अगाडी वढाउन भनिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आज बाट ए लेवल देखि कुनै पनि परिक्षा नचलाउने निर्णय गरिएको छ ।” छिमेकी देश भारतलाई हेरेर उच्च सतर्कता अपनाइएको उहाँको भनाई थियो । भारतमा कोरोना सङ्क्रमण नियन्त्रण वाहिर गएको भए पनि हाल सम्म नेपालमा त्यस्तो अबस्था आइ नसकेको उहाँले बताउनुभयो ।
तत्काल सरकार लकडाउनको पक्षमा नरहेको भन्दै उहाँले थप्नुभयो “बन्दावन्दी गर्नु पर्छ भन्ने पक्षमा अहिले सरकार छैन । स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिड्नु प¥यो ।” परिस्थिति खतरा भयो भने लकडाउन पनि गर्नुपर्ने अबस्था आउन सक्ने उहाँको भनाई थियो ।
मन्त्री श्रेष्ठले भन्नुभयो “सरकार मात्र कराएर हुँदैन जनता सचेत हुनु पर्छ ।” सबै मिलेर समाधानको बाटो तिर जानुको बिकल्प नरहेको उहाँले बताउनुभयो । निरास भएर नआत्तिन अनुरोध गर्दै उहाँले उच्च मनोवलका साथ व्यवस्थापन गर्दै जानुपर्छ भन्नुभयो । कोरोना सङ्क्रमणको समयमा किन दिक्षान्त समारोह आवश्यक भयो भन्ने प्रश्नको जवाफमा उहाँले एक हजार आठ यस बिद्यार्थीको भविश्य संग जोडीएका कारण भर्चुअल माध्यमबाट कृषि बिश्वविद्यालयको दिक्षान्त समारोह गर्न लागिएको प्रष्ट पार्नु भयो ।
उहाँले भन्नुभयो “बिधि र प्रकृया पु¥याउनका लागि मात्र कार्यक्रम गर्नु परेको हो ।”






