चितवनः नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अवको दुई हप्ता भित्र काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ । पत्रकारहरुसंग आज यहाँ कुराकानी गर्नु हुँदै उहाँले सरकार परिवर्तनको बिषयमा काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजबादी पार्टी बिच छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो “माओवादी केन्द्र र मधेशबादी दलहरु बिच भएको छलफल निस्कर्षमा पुग्छ र काङ्ग्रेसको नेतृत्वमा सरकार बन्छ ।” अहिले काङ्ग्रेस पर्ख र हेरको अबस्थामा रहेको उहाँको भनाई थियो । माओवादी केन्द्र सरकारमा रही रहेका कारण केही समय लागेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो “अहिले माओवादी केन्द्र सरकामा छ । उनीहरु फर्कन्छन कि फर्कदैनन् भन्ने हेर्नु पर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।” प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्चले सच्यई दिएको भन्दै उहाँले संबिधानको रक्षा गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !