चितवनः पूर्ब राष्ट्रपति डा. रामवरण यादवले राजनैतिक दलहरु जिम्मेवार पूर्ण रुपमा अघि वढ्नु पर्ने बताउनु भएको छ । यहाँ आज पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले दलहरुले आफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्ने बताउनुभयो ।
यादवले भन्नुभयो “दलहरुलाई नेपाली जनताले हेरी रहेका छन् ।” लामो संघर्ष र कठोर तपश्या पछि यो संबिधान आएको भन्दै उहाँले यसको रक्षाका लागि सबै जुट्न आग्रह गर्नुभयो । उहाँले थप्नुभयो “मैले आशा गर्छुकी राजनैतिक दलहरुले आफ्नो कर्तव्य निर्बाह गर्ने छन् ।” दलहरुले उपलव्धिलाई उपयोग गर्दै देशको जिम्मेवारीबाट बिमुख नभएर देशलाई अगाडी वढाउनु पर्ने उहाँका भनाई थियो ।
देशलाई कसरी संबिधान सम्बत चलाउने त्यो दलको जिम्मेवारी भएको यादवले बताउनुभयो । उहाँले भन्नुभयो “हामी लोकतन्त्रमा छौ । यसको मर्यादा, यसको लोकतान्त्रीक मर्म अनुसार प्रतिनिधि सभालाई सञ्चालन गरेर अगाडी वढ्नुपर्छ भन्ने मलाई लाग्छ ।” संसद पुर्नस्थापनमा भएको तर्फ केन्द्रित हुँदै उहाँले भन्नुभयो “सर्बोच्च अदालतको प्रतिष्ठा जनताको बिचमा स्थापित भएको छ । संबिधानको मर्म अनुसार भयो ।”






