चितवनः नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले अहिले काङ्ग्रेसको ध्यान महाधिबेशन केन्द्रित हुनु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले काङ्ग्रेस सरकार केन्द्रित नभई महाधिबेशन केन्द्रि हुनु पर्ने बताउनुभयो । अहिलेको अबस्थामा काङ्ग्रेस सरकारमा जान नहुने उहाँको भनाइ छ ।

संबिधानले तोकेको समय समेत अधिबेशनका लागि खर्च भई सकेको भन्दै उहाँले भदौमा महाधिबेशन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “महाधिबेशन हुन्छ । संबिधानले दिएको समय समेत हामीले लियौ ।” अब महाधिबेशनलाई रोक्न नसकीने उहाँले बताउनुभयो । महाधिबेशनका लागि दाजु भाइनै नेतृत्वमा आउने कुरा के हो भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो “दाजुभाईले राजनिति गर्नु हुँदैन भन्ने कहाँ लेखेको छ । नेतृत्वमा आउने बिषयमा सल्लाहा गरेर अघि वढ्छौ ।”

अहिले नेकपाको बहुमत रहेको अबस्थामा सरकार कसरी जनो उहाँको भनाई थियो । काङ्ग्रेस सरकारमा जाने बिषयमा नेकपाको बिबाद निर्वाचन आयोगले टुङ्गाउन आबश्यक रहेको कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !