चितवनः उपप्रधानमन्त्री इश्वर पोख्रेलले न्यायलयको फैसला लोकतन्त्रबादीहरुले मान्नुपर्ने बताउनुभएको छ । प्रेस संगठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले न्यायलयको फैसला आँफुहरुले मान्ने बताउनुभयो ।
न्यायलयले जे फैसला गर्छ त्यो फैसलालाई हामी मान्दैनौ भनेर कस्ले भन्छ उहाँले भन्नुभयो “न्यायपालिकाले गर्ने फैसलाप्रति बिमत्ति जनाउने कुन लोकतन्त्रबादी हुन्छ ।” संसद बिघठन सम्बन्धि सर्वोच्च अदालतमा बिचाराधिन रहेको बिषयले छिट्टै टुङ्गो लाग्ने भन्दै उहाँले धेरै दिन पर्खनु नपर्ने पनि वताउनुभयो । शक्ति पृथकीकरणलाई आँफुहरुले विश्वास गर्ने भन्दै उहाँले न्यायपालिकाको निर्णयलाई सबैले सिरोधार्य गर्नुपर्छ भन्नुभयो ।
राजनैतिक स्थिायीत्वका लागि निर्वाचनमा जान लागिएको उहाँको भनाई थियो । राजनैतिक स्थायीत्व, आर्थीक बिकास र संम्बृद्धिका लागि पार्टी एकता गरिएको भए पनि संकट आएका कारण दिगो हुन नसकेको पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो “राजनैतिक स्थिरताका लागि ताजा जनादेशमा जानु पर्ने अबस्था आएर निर्णय भएको हो ।” उहाँले थप्नुभयो “ताजा जनादेशमा जाने कुरा असंबैधानीक र अलोकतान्त्रीक कसरी हुन सक्छ ।”
निर्वाचन तोकीएकै समयमा हुने भन्दै उहाँले निर्वाचन हुन नदीन कुनै खालका कोशिष नगर्न अनुरोध गर्नुभयो । यो अबसर भएकाले सबै सहभागी हुनपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।” सबै दलहरुले निर्वाचनको तयारी गरिरहेको भन्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकायले पनि तयारी गरिरहेको जानकारी दिनुभयो ।






