चितवनः उपप्रधानमन्त्री इश्वर पोख्रेलले पार्टी एकता हुँदाकोे विशाक्त भ्रुणका कारण यति छिट्टै विभाजनमा पुगेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमवार यहाँ सम्पन्न जिल्ला अधिबेशन आयोजक कमिटी चितवनका पदाधिकारी तथा सदस्यहरुकोे सपथ ग्रहण कार्यक्रममा बोल्नुहुँदै उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको आन्तरिक कलह ब्यवस्थापन हुन नसक्नु समस्या भएको बताउनुभयो ।

“पार्टी एकता हुदा विशाक्त भ्रुण परेछ”, उहाँले ठटेयौली पारामा भन्नुभयो, “अहिले देश यो अबस्थामा आउनु पनि यहि कारण हो ।”
प्रधानमन्त्रीका विरुद्ध अभियोग पत्र ल्याउनु नै दुषित मनासय भएको बताउनुहुदै उहाँले त्यै अभियोग पत्रले पार्टीमा विग्रह ल्याएको टिप्पणी गर्नुभयो ।

उहाँले निर्धारित मितिमा निर्वाचन हुने बताउनुहुदै निर्वाचनमा तयारी अवस्थामा रहन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।
“निर्वाचन हुदैन कि भनेर अन्यौलमा नवस्नुस । अहिलेवाटै निर्वाचनको तयारीमा जुुट्नुस”, उहाँको थप कथन थियो, “अहिलेको अवस्थालाई मूल ट्यागमा ल्याउने काम भनेको निर्वाचनले मात्रै गर्ने हो ।”

पाटीर्को आधिकारीकता प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नुभएको पार्टी नै हुने र चुनाव चिन्ह सूर्य पनि आफूहरुले नै पाउने उहाँको दावि छ ।
“तपाईहरु पार्टीको आधिकारीकताको विषयमा चिन्ता नलिनुस जहाँ प्रधानमन्त्री केपी ओली त्यै पार्टी हो र स्रर्य चुनाव चिन्ह उसैको हो”, उहाँले भन्नुभयो ।

राजनैतिक स्थिरता, राष्ट्रिय स्वाधिनता र अराजकता अन्त्यका लागि पनि समयमा निर्वाचन हुन जरुरी रहेको बताउनुहुदै उहाँले पार्टी छाडेर गएकाहरुर्लाइ मूल पार्टीमा फर्कन पनि उहाँको सुझाव थियो ।
कार्यक्रममा नेकपा जिल्ला अधिवेशन कमिटीमा रहेका ५९९ जनालाई सपथ खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !