चितवनः पूर्बि चितवनको खैरहनी नगरपालिकामा पर्ने कुमरोज मध्यवर्ति सामुदायीकम वनको विवाद उच्च भएको छ । बिवाद वढे संगै परिषद वैठक बस्नु अघि नै नेकपा र नेपाली काँग्रेस बिच हातहालाहाल भएको छ । एक वर्ष अघि हुनु पर्ने निर्वाचन ढिला गरी हुदाँ पनि बिबाद मिल्न सककेो छैन ।
गत वैशाख २८ गते सम्पन्न परिषदको निर्वाचनमा काँग्रेस निकटको बहुमत आए पछि नेकपा निकटका कार्यकर्ताहरुले अध्यक्ष लगाएतका पदको ािवर्नचन लम्वाएको आरोप छ । परिषदको ४५ सिटमा निर्वाचन भएको थियो । जहाँ नेकपा निकटका २२ जना र काँग्रेस निकटका २३ जना निर्वाचित भए पछि विवाद चुलिएको हो ।
निर्वाचित परिषदले अध्यष लगाएतको पदाधिकारी निर्वाचित गर्ने बिधान अनुसार निर्वान गर्नु पर्नेमा अहिले सम्म पनि पदाधिकारीहरुको निर्वाचन हुन सकेको छैन । परिषदको वैठक यहि जेठ ५ गतेका लागि तोकिएको थियो । तर तोकीएको समयमा निर्वाचन नभएको परिषद सदस्य गणेश कुमार श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार परिषद वैठक वस्नु अघिनै दुई समुहका परिषद सदस्यहरुको हात हालाहाल भएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जले वेवास्ता गर्दा समयमा निर्वाचन हुन नसकेको भन्दै उहाँले निकुञ्जलाई पनि गम्भिर भएर प्रस्तुत हुन आग्रह गर्नु भयो । निर्वाचनको परिणाम सबैले मान्नुपर्ने भन्दै कसैको दम्भले निर्वाचन प्रकृया स्थगित गर्न नपाईने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !