चितवनः निकुञ्ज प्रशासनले गैंडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्ष पछि पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्बर ५ का ४८ वर्षिय शनिचरा महतो रहेका छन् ।

अधिकारीका अनुसार उनलाई निकुञ्ज प्रशासनले यही पुस २७ गते पक्राउ गरेको हो । वि. सं. २०६२ साल असारमा गैंडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनी बिरुद्ध असोज १२ गते मुद्धा दायर गरिएको थियो । उनको मुद्धा वि. सं. २०६४ साल पुस २० गते फैसला भई १५ वर्ष कैद र रु १ लाख जरिवाना तोकीएको थियो ।

उनी हाल सम्म फरार रहेको अबस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो । उनी बि.सं.२०६२ सालमा निकुञ्जको भित्रि ईलाका भालुटापुमा गैंडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबि गरेको छ । उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरि गैंडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रिमा संलग्न भएको पाईएको निकुञ्जले जनाएको छ ।

महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताको रुपमा लिएका छन् । पछिल्लो समय निकुञ्जमा चोरोशिकारी वढेको छ । साउन यता तस्करले मारेका चार गैंडा फेला परे पछि निकुञ्जमा निगरानी वडाईएको छ ।

प्रतिक्रिया दिनुहोस !