चितवनः नेपाली काँग्रेस चितवनले आज जिल्लाका तीन वटा निर्बाचन क्षेत्रमा एउटै समयमा बिरोध प्रदर्शनको तयारी थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले आज चितवनसहित देशैभर प्रदर्शन गर्दै छ । यसपटक काँग्रेसले निर्वाचन क्षेत्र अनुसार प्रदर्शन गर्दैछ । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्र अन्तर्गत जिल्लाका तीन स्थानमा प्रदर्शन गर्न लागिएको हो ।
चितवनमा क्षेत्र नं.१ अन्तरगत पर्सा बजारको चौविसकोठी, क्षेत्र नं.२ अन्तरगत चौविसकोठी भरतपुर र क्षेत्र नं.३ अन्तरगत चनौली बजारमा प्रदर्शन गर्न लागिएको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । सबै स्थानमा दिउँसो १ वजे बिरोध प्रदर्शन गर्न काँग्रेस चितवनले जनाएको छ ।
प्रदर्शनमा सम्पूर्ण प्रजातन्त्र प्रेमीहरुलाई निमन्त्रणा गरिएको सभापति श्रेष्ठले बताउनुभयो ।





