चितवनः शिक्षक कर्मचारीद्धारा बालकुमारी माध्यामीक बिद्यालयको पठनपाठन वन्द गराएका छन् । निजी स्रोमा काम गर्दै आएका शिक्षक तथा कर्मचारीहरुले प्रध्यानाध्यापकको कार्यकक्ष, लेखा शाखा र शिक्षक स्टाफ कक्षमा आज देखि तालावन्दी गरेका हुन् ।

बिद्यालयको स्वण महोत्सबको समयमा विद्यालय व्यवस्थापन समितिले घोषणा गरे अनुसारको तलब वृद्धि नभएको र कोरोना कहरका समयमा बैशाख देखि कात्तिक महिना सम्मको खाईपाई आएको तलब भत्तामा ५० प्रतिशत र दशैं खर्च २५ प्रतिशत भनि गरेको निणर्यको बिरोधमा बिद्यालय वन्द गरिएको हो ।

बिद्यालयमा हाल चलिरहेको परिक्षालाई कुनै असर नगर्ने गरि अन्य कृयाकलाप वन्द गरिएको बिज्ञप्तिमा जनाईएको छ । आँफुहरुको माग पुरा नभए अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने बिज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !