चितवनः स्कारपियोले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर ७ का ४४ बर्षिय मिन वहादुर खत्री रहेकका छन् ।
खत्रीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो । गितानगर बाट भरतपुर तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ह २३८८ नम्बरको अटोलाई भित्री सडकबाट आउँदै गरेको वा. प्र. ०१–०२९ च १४१७ नम्बरको स्कारपियाृे ठक्कर दिएको थियो । ठक्करबाट अटोमा सवार अन्य चार जना घाईते भएका छन् । घाईतेहरुको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार घाईते सबैको अबस्था मध्यम रहेको छ । अटोलाई ठक्कर दिने स्कारपियो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना आज बिहान ४ वजे भएको हो ।






