चितवनः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१७ मा नेपाली कांग्रेसको प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ। निर्वाचनलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालय एक कार्यक्रमका बीच चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेक प्रसाद गुरुङले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा बोल्नु हुर्दै उम्मेदवार गुरुङले लोकतान्त्रिक फुलबारीमा आज हामी सबै जना नाच्न पाउनुको मुख्य कारण नेपाली कांग्रेस भएको बताउनु हुदै संविधानलाइ सम्सोधन गर्ने बेला भएको र यसको लागी हामीले बहुमत ल्याउन आश्यक रहेको बताउनु भयो । हामीले निर्वाचनलाइ निष्पक्ष र शान्तिपूर्ण ढगंले सफल पार्न आवश्यक रहेको उल्लेख गर्नु हुर्दै मतदातालाई सचेत र सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो। उहाँले प्रचार–प्रसार समितिको कार्यालयले निर्वाचन केन्द्रित कार्यक्रमलाई व्यवस्थित बनाउँदै मतदातासम्म पार्टीका एजेन्डा र प्रतिबद्धता पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।कार्यालय उद्घाटनसँगै प्रचार–प्रसार समितिले घरदैलो कार्यक्रम सञ्चालन गर्दै चुनावी अभियानलाई तीव्र बनाएको छ। नेता–कार्यकर्ता तथा समर्थकहरू टोल–टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै उम्मेदवारका योजना, एजेन्डा र प्रतिबद्धताबारे जानकारी गराएका छन्।
कार्यक्रममा संविधान सभाका सदस्य राम कृष्ण घिमिरे, विष्णु माया परियार चितवन क्षेत्र नम्बर ३ का सभापति लाल बहादुर दवाडी,वरिष्ट अधिवक्ता गोपाल घिमिरे,भरतपुर १७ का सभापति भरतराज पौडेल लगायत स्थानीय जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समितिले आगामी दिनमा घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ । कार्यालय उद्घाटनसँगै भरतपुर–१७ क्षेत्रमा चुनावी गतिविधि थप सक्रिय बनाएको छ । समितिका पदाधिकारी, नेता–कार्यकर्ता तथा समर्थकहरूले हरैया, श्यामलाल डाँडा, सितामान चोक, गोब्रेनी, पाल्पाली टोल, लखनथापा भवन, नरबहादुर चोक, मनकामना टोल र न्यौपाने टोलमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।







