चितवनः आसन्न प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै सशस्त्र प्रहरी वल नेपालले चितवनका तीन निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा वेस स्थापना गरी सुरक्षा दिन सुरु गरेको छ । तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय लक्षित गर्दै सुरक्षा बेश स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्वाचन प्रयोजनका लागि बेश स्थापना गरिएको हो । उहाँले भन्नुभयो “निर्वाचनको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै बेश स्थापना गरिएको हो ।” जहाँ सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षकको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । क्षेत्र नम्बर १ को खैरहनीमा, क्षेत्र नम्बर २ को भरतपुर १० मा र क्षेत्र नम्बर ३ को रामपुरमा बेश स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनको प्रयोजन सकिएसंगै बेशहरु हट्ने छन् । यस संगै जिल्लाको दुई स्थानमा सेनाले सुरक्षा दिन सुरु गरेको छ । भरतपुर बिमानस्थल र कारागार कार्यालयमा सेनाले सुरक्षा दिन थालेको उहाँले बताउनुभयो । जिल्लाको सुरक्षालाई मध्य नजर गर्दै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त गस्ति समेत सुरु गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अहिले हामीले मतदान स्थालको निरिक्षण संगै सुरक्षाको व्यवस्थालाई बलियो वनाउँदै लगेका छौ ।”

प्रतिक्रिया दिनुहोस !