चितवनः
“मानब शरिरमा रोग नियन्त्रण गर्नु मात्रै स्वास्थ्य होईन ।
मानव शरिरमा रोग प्रबेश गर्नै नदिनु उत्तम बिकल्प हो ।”
बिद्यार्थी जीवनमा यो ज्ञान हुनु सबैका लागि महत्तोपूर्ण मानिन्छ । बिद्यार्थी जीवनमा दुध र दुधको महत्तो बारे ज्ञान दिदै नारायणी माध्यामिक बिद्यालयकी छात्रा विपस्वी कुँवर दुध र दुग्ध जन्य बस्तु खपत गर्न सके मानव शरिरलाई समेत फाईदा हुने कुरा गर्दै हुनुहुन्थ्यो । उहाँले दुधले मानव शरिरमा आबश्यक पर्ने खाध्यतत्वको महत्वपूर्ण भाग ओगटेको बताउँदै हुनुहुन्थ्यो ।
“दुध हो स्वास्थ्यको उज्यालो
दुग्ध जन्य पदार्थ हाम्रो भविश्य ।”
यी शव्द सहीत उहाँले मानव जीवनमा स्वस्थ रहनुनै शबै भन्दा ठूलो सम्पती स्वास्थ्य रहेको भन्दै यसका लागि दुग्ध जन्य बस्तु सेवन गर्न आग्रह गर्नुभयो । मानब स्वास्थ्यमा दुध जतिको फलदायी अरु नहुने भन्दै दुग्ध जन्य उत्पादनको खपत वढाउन आबश्यक रहेको बताउनुभयो ।
मानव स्वास्थ्यमा दुग्ध जन्य पदार्थको आबश्यकता र महत्व बिषयक आज यहाँ आयोजित बक्तृत्वकलामा बोल्ने बक्ताहरुले दुध बिना मानव शरिर अपूर्ण रहेको बताउनुभएको थियो । उहाँहरुले नेपाली संस्कारमा हरेक समयमा दुध, दही, घ्यू को प्रयोग हुनु गरेको बताउनुभयो ।
आइरिस बोर्डीङ्का रसिब खरेलले भन्नुभयो
“मानब शरिरमा पोषणको आधार
दुग्धजन्य पदार्थ हो स्वास्थ शरिररको आधार”
उहाँले दुधको महत्व मानब शरिरका लागि जन्म देखि मृत्यु सम्म हुने बताउनुभयो । दुधको उपयोग बढाउन सके बृद्ध देखि बालबालिका सम्म स्वास्थ रहने उहाँले बताउनुभयो । जिल्लामा रहेका २५ वटा बिद्यायका सहभागीहरुले दुधको बिषयमा बोल्दै गर्दा उपस्थित भएकाहरुले दंग परेर सुनी रहनु भएको थियो । दुधको प्रयोग कम हुनुले मानब स्वास्थ्यमानै समस्या हो की भन्ने भान भएको सहभागिहरुले बताउनुभयो ।
अन्तर्राष्ट्रिय डेरी प्रदर्शनीको अबसरमा आयोजना गरिएको यस कार्यक्रममा दुधको महत्व र बिशेषता बारेमा जानकारी दिईएको थियो । सो अबसरमा बोल्दै कृषि तथा पंशुपक्षी बिकास मन्त्रालयका सह–सचिब शरण कुमार पाण्डेले दुग्ध जन्य पदार्थ खपत वढाउन सकेमा मानब स्वास्थमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
प्रतियोगितामा स्मल हेवन स्कुलकी सनिसा गौतम, नारायणी पव्लिक स्कुलका समिप खत्री, नायणी नमुना माबीकी विपस्वी कुवँर र स्मल हेभेन इस्कुलकी रहिशा अधिकारीले क्रमश प्रथम, द्धितीय, तृतीय र सान्तोना स्थाना प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !