चितवनः जिल्लाका ६ हजार ७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एच. पि. भी खोप लगाईने भएको छ । यहाँका ७२५ वटा बिद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती वालिकाहरुलाई खोप दिन लागिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आबश्यक भ्याक्सिन आईसकेको छ । उहाँले भन्नुभयो “खोप लगाउनका लागि आबश्यक ७ हजार भ्याक्सिन आई सकेको छ ।” १० देखि १४ वर्षका किशोरीहरुलाई यो खोप दिन लागिएको हो । कक्षा ७ देखि १० कक्षा सम्मका किशोरी र बिद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई ती खोप केन्द्रबाट खोप दिइने उहाँले बताउनुभयो । माघ २५ गते देखि फागुन एक गते सम्म खोप अभियान संञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एच. पि. भी खोप का लागि चितवनमा बाहिरि खोप केन्द्र संञ्चालन गर्न आबश्यक नरहेको उहाँले बताउनुभयो । खोप लगाउने अभियानको तयारीका सम्वन्धमा आज आयोजित जिल्ला स्तरिय खोप समन्वय समितिको बैठकले चितवनमा बाह्यखोप केन्द्र आवश्यक नभएको निश्कर्ष निकालिएको हो । घिमिरेका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहको वडा स्तरमै खोप केन्द्र भएकाले बाह्य केन्द्र आवश्यक नभएको हो । उहाँले भन्नुभयो “हामीसग आफ्नै खोप केन्द्र छन् । हरेक विद्यालयमा गएर खोप दिने योजना छ । चितवनमा बाह्य खोप केन्द्र आवश्यक छैन ।” अभियानमा ३२५ खोप कार्यकर्ता र ३२५ स्वयमसेवक परिचालन गरिने छ ।
सो अबसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र बकुलर अस्पतालका प्रमुख डा अंकित पौडेलले नेपालमा पाठेघरको क्यान्सरका कारण मृत्यु हुने महिलाको सख्या वढ्दै गएको अवस्थामा यो खोप अनिवार्य रहेको बताउनुभयो । यस अभियानलाई सफल वनाउन सबैको हातेमालो आबश्यक रहेको उहाँहरुले बताउनुभयो ।







