चितवनः यहाँको माडी नगरपालिकाले घर नक्सा पास एबं अभिलेखिकरण नगर्ने नगरबासीहरुलाई बिभिन्न सेबाबाट बन्चित गर्ने भएको छ । नगरपालिकाले यही पुस मसान्त सम्म अभिलेखिकरण नगरेका नगरबासीहरुले नगरपालिकाबाट प्रदान गरिने सेवा रोक्ने भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालका अनुसार पुस मसान्त सम्म अभिलेखिकरण नगर्ने नगरबासीहरुको त्यस पछि घर जग्गा मूल्याङ्कनको सिफारीसमा रोक लगाउने, बैंकिङ् कारोवारका लागि सिफारीस रोक्ने, कुनै पनि बिपदका घटनामा राहत र क्षतीपूर्तीका लागि सिफारीस रोकीने छ । पुस मसान्त पछि अभिलेखिकरण गर्नु परेमा हाल लिइने शुल्क भन्दा दोव्वर राजश्व बुझाउनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पालिकाले असारमा स्विकृत गरेको कार्यबिधि अनुसार अभिलेखिकरण गर्न हामीले सबैमा सूचित समेत गरेका छौ । अभिलेखिकरण नगर्दा कार्यालयबाट दिईने सेवाबाट बन्चित बन्नु पर्ने छ ।”
घर नक्सा पास एबं अभिलेखिकरणबाट पालिकालाई नगरमा रहेका हरेक व्यक्तिको भौतिक सम्पतीको बिबरण जानकारी हुने र दिईने सेवामा सहज हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “भौतिक सम्पतीको अबस्था थाहा भए पछि बिकासका योजनाहरु बनाउँन सहज हुने छ ।” कुनै बिपदका घटना भए बास्तबिक क्षतीको बिबरण लिन सहज हुने, राहत र क्षतीपूर्तीको सिफारीमा सहज हुने, सुरक्षित आबासको अवधारणा कार्यान्वयन गर्न सजीलो हुने उहाँले बताउनुभयो ।
नगरपालिका भित्र कुनै पनि स्वीकृत नलिई निर्माण सम्पन्न भएका घर÷भवनहरुको अभिलेखिकरण गर्न सबैमा उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार वडामा अभिलेखिकरण गरी सके पछि नगरपालिकाले प्रमाणीकरण गर्ने छ । दश हजार वढी घरधुरी रहेको यस पािलकामा हाल सम्म नगरपालिकामा २१० घर अभिलेखिकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !