चितवनः बिश्व बाल दिवसको अबसरमा १५ जना बिध्यार्थी सहित ४६ जनालाई सम्मान गरिएको छ । कालिका नगरपालिकाले विश्व बाल दिवसको अबसरमा उत्कृष्ठ बिद्यार्थी, बिद्यालय र खेलाडीलाई सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले उहाँहरुलाई सम्मान गर्नुभएको हो । नगरपालिकाले आधारभूत बिद्यालय तर्फ उत्कृष्ठ बिद्यार्थी, बिद्यालय, एसईई मा उत्कृष्ट बिद्यार्थी बिद्यालय र १२ कक्षाको परिक्षामा उत्कृष्ठ बिद्यार्थी र बिद्यालय सहित नगरपालिकाबाट बिभिन्न खेलमा सहभागी भएर पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।
यस पालिकामा रहेका ९ वटा सामुदायीक बिद्यालय र ६ वटा संस्थागत बिद्यालयमा अध्ययन गरेका १५ जना बिद्यार्थी, ३१ जना खेलाडीलाई सम्मान गरिएको हो । उनीहरुलाई जनही रु ५ हजारका दरले सम्मान गरिएको नगरप्रमुख बिनोद रेग्मीले जानकारी दिनुभयो । सो अबसरमा बोल्ने बक्ताहरुले शिक्षा क्षेत्रको बिकासका लागि बिद्यार्थीको वनोवल बढाउन आबश्यक रहेको बताउनुभयो । प्रमुख अतिथि अधिकारीले शिक्षा क्षेत्रको बिकासले समाज परिवर्तनमा सहयोग पुग्ने बताउनुभयो । पछिल्लो पुस्ताको मनोभाव बुझ्ने काम घर र बिद्यालय भएको भन्दै उहाँले सबैको भावना अनुसार काम गर्न सक्ने युवा जन्माउने जिम्मेवारी बिद्यालयको रहेको बताउनुभयो ।
सो अबसरमा बोल्दै नगर प्रमुख रेग्मी, उपप्रमुख बिमला तामाङ्, पूर्ब नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी)ले शैक्षिक क्षेत्रको बिकासका लागि संस्थागत तथा सामुदायीक बिद्यालयहरुलाई संगै लिएर हिड्न आबश्यक रहेको बताउनुभयो । नीजि र सरकारी बिद्यालयको शैक्षीक क्षेत्रको बिकासका लागि सबै सरकार तयार भएर लाग्नु आबश्यक रहेको बताउनुभयो ।
यस पालिकामा ११ वटा संस्थागत तथा ३३ वटा सामुदायीक बिद्यालयहरु रहेका छन् । यहाँ १२ हजार ८ सय बिद्यार्थी अध्ययन रहत रहेका छन् ।








