चितवनः जिल्लाका दुग्ध उत्पादक किसानहरुले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याएको हो ।

संघले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ मार्टलाई सञ्चालनमा ल्याएको हो । रु १२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याईएको मार्टमा झुवानीमा रहेको आफ्नै उद्योगबाट उत्पादित समाग्रीको बिक्री बितरण गर्दै आएको छ । मार्ट मङ्सिर १ गतेदेखि सञ्चालनमा ल्याईएको संघका अध्यक्ष किसोर वगालेले जानकारी दिनुभयो । उहाँका अनुसार संघले यहाँ घ्यू, नौनी, पनिर, खुवा, दूध, दही लगायतका उत्पादन सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।

जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसको बजारिकरणका लागि संघले आफ्नै लगानीमा रत्ननगर नगरपालिका वडा नम्बर ५ मा उद्योग स्थापना गरी दुग्धजन्य वस्तुको उत्पादन गर्न सुरु गरेको हो । त्यहाँ उत्पादित सामग्रीलाई बजारिकरणका लागि मार्ट सञ्चालनमा ल्याईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “जिल्लामा उत्पादित दूध र दुग्धजन्य वस्तुको प्रबद्र्धनका लागि संघले काम अघि वढाएको छ ।” उद्योगहरुलाई बिक्री गरिएको दूधको भुक्तानी समयमा नपाउँदा किसान र सहकारीहरुले समस्या झेल्दै आएका छन् ।

यहाँका किसानहरुले दुग्ध विकास संस्थान र निजी क्षेत्रको गरी रु ७० करोड बढी भुक्तानी पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस !