चितवनः पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिकामा कन्टेनरले ठक्कर दिदाँ मोटरसाईकलमा सवार दुई जानको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ चैनपुरमा पश्चिमबाट पूर्बतर्फ आउँदै गरेको मधेश प्रदेश ०३ –००२ ख ०७९९ नम्बरको कन्टेनरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०६–००५ प ७७६८ नम्बरको मोटरसाईकललाई आज बिहान ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइृकल चालक राप्ती नगरपालिका वडा नम्बर ७ का १९ बर्षिय श्रीराम कंडेल र पछाडी सवार वडा नम्बर ५ की २० बर्षिय बिमला तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ठक्कर दिने कन्टेनर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृर्तक दुबै जनाको पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको उहाँले जानकारी दिनुभयो ।








