चितवनः भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी महोत्सव परिसरमा आज महिला र परुष दुबैतर्फको फाइनल खेल सम्पन्न भएको हो ।

प्रतियोगिताको पुरुषतर्फको उपाधि मन्जिलर मनिषको भरतपुर १८ ले जितेको छ । सन्दिप र अनिशको भलिवल ट्रेनिङ सेन्टरलाई हराउँदै उपाधि जितेको हो । फाइनल खेल मन्जिल र मनिषको जोडीले २–१ को सेटमा जित्यो ।

उता महिलातर्फको उपाधि जानकी स्कुलका आशिका र स्विकृतीको टिमले जितेको छ । आशिका र स्विकृतीको टिमले फाइनलमा जानकी स्कुलकै नितिशा र सीमाको जोडीलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

नितिशा र स्विकृतीको जोडिले फाइनलमा नितिशा र सीमाको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । विजेताहरुलाई मंसिर २ गते समापनको दिन पुरस्कार बितरण गरिने आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

विकास समितिका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम भलिवलको समापन कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला प्रहरी कार्याललय प्रमुख एसपी गोविन्द पुरी रहेका थिए । कात्तिक १८ देखि मंसिर २ सम्म चल्ने महोत्सवमा शनिबारदेखि कराते खेल हुनेछन् । खेल बिहान ७ बजे सुरु हुनेछ ।

महोत्सवमा भलिवल र कराँतेसँगै तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् । यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !