 
    
    
	
	 	
	
	
		भरतपुर । खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, तुम्लिङटार र भरतपुर विमानस्थलमा उडान अवरुद्ध भएको हाे ।
मौसमको खराबीका कारण न्यून मात्रामा आन्तरिक उडान भइरहेको छ। पोखरा विमानस्थलमा शुक्रबार पौने ११ बजे विमानस्थल खुले पनि पुन: अवरुद्ध भएको छ।
तर अहिले झापाको भद्रपुर विमानस्थल भने खुला भएको छ । यो बाहेक आन्तरिक उडानमा तुम्लिङटार र भरतपुर विमानस्थलको अवरुद्ध कायम रहेको बुद्ध एयरका प्रवक्ता वीरेन्द्र कर्णले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक विमानस्थलमा ढिला हुँदा यात्रुको चाप बढेको छ।

 
						  
					 
  






