काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दल दर्ताको निवेदन फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

यसअघि गत असोज ९ गते भण्डारीले ‘नेपाल नागरिक पार्टी’ नामक दल दर्ताको निवेदन दिएका थिए । बिहीबार निर्वाचन आयोग पुगेर उनले दल दर्ताको निवेदन फिर्ताका लागि निवेदन दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिँदा ५४ जना सदस्य थिए । देशभक्ति, नागरिकतन्त्र र प्रगतिशीलताको सिद्धान्तमा विश्वास गर्ने नागरिकहरू भेला भएर मूलधारको राजनीतिक दल गठन गरिएको दाबी गर्दै भण्डारी निर्वाचन आयोग पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस !